नियमित खाने गर्नुस् पुदिना, यस्ता छन् फाइदा
हेल्थ टिभी अनलाइन \काठमाडौं : पुदिना सामान्यतया अचार बनाउन प्रयोग गरिन्छ। यो आयुर्वेदिक उपचारमा पनि प्रयोग हुन्छ। पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। नियमित यसको प्रयोगले विभिन्न शारीरिक समस्याहरूमा लाभ मिल्छ।
नियमित पुदिना सेवन गर्नुका यस्ता छन् फाइदा:
नियमित पुदिनाको सेवनले कोलेस्ट्रोलसमेत कम गर्छ।
पुदिनाको एक–दुई चम्चा रस, केही मात्रामा वीरेनुन राखी चार गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।
प्रशस्त मात्रामा भिटामिन ‘ए’ हुने भएकाले यसको नियमित सेवनले पाचनशक्ति बढाउनुका साथै खानाको रूचिसमेत बढाउँछ।
तुलसी, कालो मरिचसँग पुदिना मिसाएर यसको पानी खाँदा पेटमा जम्मा भएको ग्यास बहिर निकाल्छ।
नियमित रूपमा पुदिनाको पत्ता चपाएर खाँदा मुख गह्नाउने समस्या समाधान हुनुका साथै दाँत दुख्ने समस्या पनि कम हुन्छ।
पुदिनाको पत्तालाई निबुवाको रसमा मिलाएर खानाले बान्ता हुन रोकिन्छ।
छालाको संक्रमण, अनुहारमा डण्डीफोर तथा अन्य दाग छ भने नियमित रूपमा पुदिनाको पत्तालाई पिसेर लेपन लगाउनँदा फाइदा पुग्छ।
शरीरमा हुने विभिन्न खालका एलर्जी हटाउन र शरीरमा क्यान्सरका कोषहरू बढ्नबाट समेत जोगाउन पुदिना सहयोगी मानिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण