Health TV Online
Health TV Online

अमला एक : फाइदा अनेक

अमला एक : फाइदा अनेक

हेल्थ टिभी अनलाइन : अमला खाँदा जति स्वादिष्ट हुन्छ स्वास्थ्यको दृष्टिकोणले पनि उति नै गुणकारी छ। अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ। अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा लिइन्छ।

आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमै प्रयोग गर्ने गरिन्छ। त्रिफलामध्येको एक फल हो यो। अमला सेवनले हुने केही फाइदा–

नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत सफा गर्छ।

यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट पनि बचाउँछ।

भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ।

अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ।

अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ।

नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ।

नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ।

अमला सेवनले रुघाखोकीसमेत बिसेक हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

नशा च्यापिने समस्या र उपचार

नशा च्यापिने समस्या र उपचार