झाडापखाला लाग्नबाट कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : खाने पानी सफा र सुरक्षित भएन भने पानीजन्य रोग जस्तै झाडापखाला, वान्ता, पेट दुख्ने आउँ पर्ने जस्ता समस्या देखिन सक्छन्। त्यसैले पानीजन्य रोग झाडापखालाबाट बच्न निम्न उपाय अपनाउन जरुरी हुन्छ ।
-चर्पीमा मात्र दिसा पिसाब गर्ने बानी बसाल्ने
-बच्चाको दिसा चर्पीमै विसर्जन गर्ने
-दिसापिसाब गरेपछि वा बच्चाको दिसा पिसाब सफा गरेपछि साबुन पानीले हात धुने
-खाना बनाउनु अघि र खाना खानुअघि साबुन पानीले राम्ररी हात धुने
-पानी उमालेर वा क्लोरिन झोल मात्रा मिलाएर हालेर मात्र पिउने
-बासी खानेकुरा तथा झिंगा भन्किएका खानेकुरा नखाने
-सकेसम्म काँचो खाना नखाने, राम्ररी पकाएर मात्र खाने
-खानेपानीको मुहान सुरक्षित तथा सफा राख्ने
-यतिमात्र गर्न सकेमा झाडापखाला लगायतका पानीजन्य रोगबाट बच्न सकिन्छ ।
झाडापखाला लाग्नासाथ घरमै पनि उपचार गर्न सकिन्छ ।
त्यसका लागि सफा १ लिटर पानी लिने र त्यसमा एक पुरिया जीवनजल घोल्ने । यसलाई पटक पटक गरी खान सकिन्छ । नरम तथा झोलिलो खानेकुराप्रशस्त मात्रामा खाइरहने । यो बेला पानीको मात्रा शरीरबाट बाहिर जाने हुँदा यसको पूर्तिको लागि पनि सफा पानी र झोलिलो खानेकरा धेरै खानुपर्छ । यदि धेरै नै समस्या भएमा स्वास्थ्यकर्मीको सल्लाह लिएर औषधिको सेवन गर्नु राम्रो हुन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण