Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आँखामा नगर्नुस् हेलचेक्रयाइँ, अपनाउनुस् यी सावधानी

आँखामा नगर्नुस् हेलचेक्रयाइँ, अपनाउनुस् यी सावधानी

हेल्थ टिभी अनलाइन : आँखा शरीरको यस्तो संवेदनशील अंग हो, जसविना हामी संसार नियाल्न सक्दैनौँ। आँखामा लाग्ने चोट वा जन्मजात समस्याले मात्र होइन, खराब आहार–व्यवहारले पनि हाम्रो आँखा कमजोर बनाइरहेको छ।

वातावरण प्रदूषणले आँखामा असर गरिरहेको हामी पाउँछौँ। हाम्रो वातावरणमा फैलिएको धुलोधुँवाले आँखामा पनि असर पार्छ। टेलिभिजन, कम्प्युटर, मोबाइललगायत यन्त्र हाम्रो जीवनको हिस्सा बनेका छन्। हामी अधिकांश समय यिनै यन्त्रमा व्यस्त रहन्छौँ। यो आँखाको लागि राम्रो होइन। त्यस्तै सही खानेकुरा चयन गर्न नजान्दा पनि आँखामा समस्या आउँछ। यी समस्या आउन नदिन यस्ता उपाय अवलम्बन गर्नुपर्छ–

स्वस्थ खानपान

पेट भर्नका लागि मात्र खाने होइन, शरीर स्वस्थ राख्न पनि हो। खानामा पालुंगोजस्ता हरियो साग, फलफूल तथा माछा समावेश गर्न सके आँखा सुख्खा रहने समस्याबाट मुक्ति पाउन सकिन्छ।

आँखाको व्यायाम

केही व्यायाम गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ। आँखा चिम्म गरेर हत्केलालाई हल्का रूपमा राख्नुस्। अनि हल्का आँखा तलमाथि गर्नुस्। अथवा चिम्लेर आँखा यताउति चलाउने व्यायामले तनाव पनि कम हुन्छ।

वेलावेलामा धोइरहने

समय समयमा सफापानीले आँखा धोइरहनुपर्छ। यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा सफा पानी छम्किने गर्नुपर्छ।

आँखा झिम्क्याइरहने

कम्प्युटर वा मोबाइल प्रयोग गर्ने व्यक्तिहरू आँखा कम झिम्क्याउँछन्। परेला झिम्क्याइरहँदा आँखालाई स्वस्थ राख्न सहयोग गर्छ। यसबाट आँखा ताजा र तनावमुक्त रहन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण