चिसोबाट बच्न यसो गर्नुस्
दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुस् । घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्यसम्बन्धी अन्य फाइदासमेत हुन्छ।
वेलावेलामा तेलले शरीर मालिस गर्नुस्। यसका लागि तोरी, जैतुन र तिलको तेल प्रयोग गर्न सकिन्छ।
शरीरमा ताप उत्पन्न गर्ने खानेकुरा सेवन गर्नुपर्छ। दूध र दूधजन्य पदार्थ र प्रोटिनययुक्त खानेकुरा खानुस् ।
जाडोमा मह सेवन गर्नुस्। यसमा प्रशस्त आइरन पाइन्छ, यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धिसमेत गर्छ।
अदुवा सेवन चिसोबाट बच्ने उत्तम उपाय हो। यसले रुघाखोकीलाई समेत न्यूनीकरण गर्छ।
बाहिर निस्कँदा बाक्लो कपडा लगाउनुस्। सवारीसाधन चलाउँदा भित्र हावा नछिर्ने ऊनीको बाक्लो ज्याकेट लगाउनुस्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड