यसकारण हुन्छ मूत्राशयमा संक्रमण
मूत्राशयमा सक्रमण गर्ने ब्याक्टेरिया जाँघ वरिपरि रहेका हुन्छन्। यौनसम्पर्क गर्दा यो ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ। अक्सर यस्तो गडबडी असुरक्षित यौनसम्बन्धका कारण पनि हुनसक्छ।
मूत्राशयको संक्रमणका कारण पिसाब फेर्न गाह्रो हुन्छ, पिसाब फेर्ने क्रममा दुख्ने र पोल्ने समस्या आउन सक्छ। यौनांगमा घाउ खटिरा देखा पर्न सक्छ। यस्ता संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुन्छ।
संक्रमणको कारण
मूत्राशयमा पिसाब एकत्रित हुन थालेपछि फ्याँक्ने तीव्र चाहना हुन्छ। तर कहिलेकाही पिसाब लामो समय रोकेर राख्दा मूत्राशयमा ब्याक्टेरियाको संख्या बढेर संक्रमण हुन्छ।
यस्ता संक्रमण फैलाउने ‘इशरिकिया कोली’ नामक ब्याक्टेरिया जाँघ वरिपरि बस्छ। जब व्यक्तिले यौनसम्बन्ध राख्छ, तब ब्याक्टेरिया मूत्राशयमा प्रवेश गरी संक्रमण फैलाउँछ। यो संक्रमण फैलिएमा मिर्गौलाको संक्रमण समेत हुनसक्छ।
लक्षण
पिसाब कम मात्रामा हुनु
पिसाब अनियन्त्रित हुनु
पिसाब गर्दा दुख्नु वा पोल्नु
पिसाब गन्हाउनु
पिसाब गहिरो रंङको हुनु वा पिसाबमा रगत देखिनु
ज्वरोका साथै पसिना आउनु
यौनसम्पर्क गर्दा पीडा हुनु
मूत्राशय तथा मूत्रमार्गमा संक्रमण भएमा शरीरमा थकान महशुस हुन्छ। यसले मिर्गौलामा पनि असर पार्नुका साथै कम्मरमा तीव्र दुखाइ हुन्छ। साथै उच्च ज्वरो आउने सम्भावना उच्च हुन्छ।
यदि कसैलाई यस्ता संक्रमण भएको शंका लागेमा चिकित्सकको परामर्श लिएर निश्चित परीक्षण गर्नुपर्छ। मूत्राशय तथा मूत्रनलीको संक्रमण भएको देखिएमा एन्टिबायोटिक्सको साथमा प्रशस्त मात्रामा पानी र झोल भएकाे पदार्थ खानुपर्छ। यसले शरीरमा संक्रमण गराउने ब्याक्टेरिया बाहिर फ्याँक्न सहयाेग गर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण