Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उच्च रक्तचाप छ? जाडाेमा यसरी अपनाउनुस् सावधानी

उच्च रक्तचाप छ? जाडाेमा यसरी अपनाउनुस् सावधानी

मंसिरको अन्त्यतिर आइपुग्दा चिसो बढेको छ। उच्च रक्तचापका समस्या झेलिरहेकाहरूले यो वेला झनै सावधानी अपनाउनुपर्छ।किनभने जाडो याममा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।

यो समयमा पनि नियमित रक्तचाप परिक्षण गर्ने, नियमित औषधी सेवन गर्ने, पोषिलो खानेकुरा खाने, रसिलो वा झोल पदार्थ बढी सेवन गर्ने गर्नुपर्छ। साथै शरीरमा आवश्यक तापमान कायम गर्नुपर्छ।

बिहान आँखा खुल्नासाथ झटपट उठिहाल्नु रक्तचाप रोगीका लागि घातक हुनसक्छ। त्यसैगरी सामान्य वार्मअप नगरी दौडनु पनि हानिकारक हुन्छ।

विना कुनै काम बस्दा वा आराम गर्दा पनि रगतनलीमा रक्तप्रवाह तीव्र हुन्छ भने त्यसले मुटुलाई समेत असर गर्न सक्छ। यसका कारण  हृदयाघात हुने, मुटुसम्बन्धी रोग लाग्ने, स्ट्रोक हुने, मृगौला बिग्रिने, दृष्टिदोष हुने तथा स्मरणशक्ति कमजोर हुने समस्या हुन्छ।

यसबाट बच्नको लागि चिकित्सकसितको परामर्शमा समयमै आवश्यक सतर्कता अपनाउन जरुरी छ। जीवनशैली परिवर्तन, सन्तुलित आहार, उचित व्यायामले पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ। त्यसैगरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरी उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ।

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सोडियमको प्रयोग कम गर्न जरुरी छ। प्रत्येक दिन १५ सय मिलिग्राम भन्दा बढी सोडियमको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउँछ। फास्डफुड वा जंक फुडमा ७५ प्रतिशतसम्म सोडियमको प्रयोग हुने भएकोले त्यस्ता खानेकुरा सेवन गर्नु राम्रो होइन।

फलफूल तथा तरकारी लगायत भिटामिन, मिनरल, फाइबर लगायतका पोषण तत्त्वयुक्त खानेकुराको सेवनले मुटुलाई स्वस्थ्य राख्न मद्दत गर्ने भएकाले सकेसम्म त्यस्ता खानेकुरा खानुपर्छ।

उच्च रक्तचाप भएकाहरूले रक्तचाप नियन्त्रणका लागि तौल घटाउन आवश्यक छ। तौल नियन्त्रण गर्नाले मुटुलाई स्वस्थ्य राख्नुका साथै मुटु रोगको जोखिम ५ देखि १० प्रतिशतले न्यून गर्छ।

दैनिक करिब ३० मिनेटको व्यायाम मुटु रोगी तथा उच्च रक्तचाप भएकाहरूका लागि उपयुक्त हुन्छ। उच्च रक्तचापसँगै अन्य रोग पनि छ भने चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नुपर्छ।

मदिरा स्वास्थ्यको लागि निकै घातक छ। यसको सेवनले रक्तचाप तथा रक्तप्रवाह तीव्र हुन्छ। मदिराको अधिक सेवनले रक्तचापलाई  मात्र नभई शरीरका अन्य अंगहरूलाई समेत असर गर्छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा