जाडोमा हातगोडाका छाला यसरी स्वस्थ राखौँ

जाडोमा हातगोडाका छाला यसरी स्वस्थ राखौँ

जाडोमा कतिपयलाई हातगोडाका छाला फुट्ने समस्या हुन्छ। अझ चिसो पानीले लुगा धुन र भाँडा माझ्नुपर्नेहरूलाई त यो समस्याले धेरै सताउँछ।

छालामा सुक्खापन हटाउन र फुटेको छाला ठिक पार्न नियमित मोस्चराइजर गर्नुपर्छ। हातमा रासायनिक औषधिको साटो प्राकृतिक वस्तु लगाउनुपर्छ।

ग्लिसिरिन र गुलाबजल मिश्रण कुनै पनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मसाज गर्दा छालालाई फाइदा पुग्छ। दूध र सुन्तलाको रससँग मह मिसाएर पनि सुक्खा वा फुटेको छालामा लगाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम हुन्छ।

जाडोयाममा पानीको कमीका कारण सुक्खापन आउने भएकाले पर्याप्त पानी पिउनुपर्छ। हरेक बिहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ। यसले छालालाई सुख्खा हुनबाट जोगाउँछ।

थप समाचार

बदामका अनेक फाइदा

बदामका अनेक फाइदा