पाचन प्रक्रिया सन्तुलित बनाउन खाने गर्नुस् यी खानेकुरा
पाचन प्रक्रियामा गडबढी भए स्वस्थ जीवन बिताउन सकिँदैन। पाचन प्रक्रियामा असन्तुलन हुँदा सामान्यदेखि गम्भीर प्रकृतिका रोग लाग्न शुरु हुन्छ। त्यसैले, पाचन प्रक्रियालाई व्यवस्थित बनाउन खानामा विशेष ध्यान दिनुपर्छ। पाचन प्रणाली चुस्त दुरूस्त राख्न यी खानेकुरा प्रभावकारी मानिन्छन्।
दही
पाचन प्रक्रियाका लागि दही बढी प्रभावकारी मानिन्छ । यसको सेवनले पेट दुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकजस्ता समस्यामा फाइदा पुग्छ। दहीमा पाचन प्रक्रियालाई व्यवस्थित गर्ने ब्याक्टेरिया पाइन्छ। यसमा उच्च गुणयुक्त प्रोटिनसमेत हुन्छ।
अदुवा
पाचन प्रक्रिया राम्रो बनाउन अदुवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले खाना पचाउने ‘इन्जाइम’ उत्पादनमा भूमिका निर्वाह गर्छ। एक गिलास मनतातो पानीमा दुई चम्चा अदुवाको रस राखेर खाँदा पाचनसम्बन्धी समस्यामा फाइदा पुग्छ।
मेवा
मेवामा पपिन नामक ‘इन्जाइम’ हुन्छ । यसले प्रोटिनलाई टुक्र्याएर पचाउन सघाउँछ। यसबाट विभिन्न प्रकारका भिटामिन र खनिज पनि पाइन्छ । त्यसैले मेवा सेवनको २४ घण्टाभित्रै पाचन प्रक्रियामा सकारात्मक प्रभाव देखिन थाल्छ ।
केरा
केरा फाइबरयुक्त फल हो । यसले इन्सुलिन र कैयौँ स्वस्थकर ब्याक्टेरिया बढाउँछ। त्यसैले पाचन प्रक्रियामा गडबडी आएमा केरा सेवन गर्दा पनि फाइदा मिल्छ।
स्याउ
स्याउमा अत्यधिक मात्रामा फाइबर हुन्छ । त्यसैले पाचनसँग सम्बन्धित समस्या भएमा नियमित रूपमा स्याउ प्रयोग गर्न सकिन्छ। खाना खाएको १५ मिनेटपछि स्याउको प्रयोग गर्दा पाचन प्रणालीलाई फाइदा पुग्छ।
भुइँकटर
पाचनका लागि भुइँकटहर पनि निकै उपयुक्त फल हो । यसमा ‘ब्रोमेलिन इन्जाइम’ हुन्छ, जसले खाना पचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
नरिवल
पाचन प्रक्रियालाई व्यवस्थित पार्न नरिवलको तेल पनि प्रभावकारी मानिएको छ। पाचन प्रक्रिया सुधार गर्नुका साथै कब्जियत, ग्यास्ट्रिकलगायतका समस्यामा पनि यसले राहत दिन्छ। नरिवलको तेलमा भिटामिन, खनिज र एमिनोजस्ता एसिडिक तत्त्व हुन्छन्, जसले पाचन प्रक्रियामा निकै फाइदा पुर्याउँछ।
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने
क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन