यस्ता छन् पिँडालु खाँदा हुने फाइदा
हरिबोधिनी एकादशीमा उसिनेको पिँडालु खाने चलन छ। पिँडालु कन्दमूल वर्गमा पर्ने रेसेदार खानेकुरा हो। यसलाई विशेषगरी तरकारी र खाजाको रूपमा प्रयोग गरिन्छ। नेपालमा विशेषगरी उसिनेर, दालमा हालेर पकाउने वा मस्यौरा बनाएर खाने चलन छ।
पिँडालु खानु स्वास्थ्यका दृष्टिकोणले समेत निकै फाइदाजनक छ। यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पायल्स, शारीरिक कमजोरीआदिजस्ता समस्याका लागि यो लाभदायक छ।
पिँडालु फाइबरको राम्रो स्रोत हो। यसमा म्यागनिज, भिटामिन बी, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ। यी तत्त्व मानव शरीरका लागि लागि निकै उपयोगी छन्।
पिँडालुले रगतमा सुगरको माात्रालाई नियन्त्रण गर्छ। पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लाभदायक छ। यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मुटुरोगको जोखिम कम हुन्छ।
पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात् क्यान्सरको सम्भावना घटाउँछ।
पिँडालुमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ। साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ। त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य