Health TV Online
Health TV Online

नियमित एउटा स्याउ खानुस्, पाउनुस् यस्ता फाइदा

नियमित एउटा स्याउ खानुस्, पाउनुस् यस्ता फाइदा

स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने फल हो। यो जति स्वादिष्ट हुन्छ स्वास्थ्यका दृष्टिले पनि लाभदायी हुन्छ। नियमित स्याउ खाँदा शरीरलाई आवश्यक पौष्टिक तत्त्व प्राप्त हुन्छ।

फाइदा

स्याउमा प्रशस्त मात्रामा पाइने फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट तत्त्वले मानिसलाई निरोगी बन्न सघाउँछ। रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।

यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ। साथै, रक्तसञ्चार ठिक राख्न पनि सघाउँछ।

स्याउमा पाइने फाइबरले कब्जियत कम गर्ने मात्र नभई पायल्सका बिरामीलाई समेत फाइदा पुग्छ।

मोटोपनबाट हुने हृदयाघात, डायबिटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना हटाउन पनि नियमित स्याउ खानुपर्छ।

ब्रोकासहितको स्याउले पित्तथैलीमा जमेर बसेको कालेस्ट्रोल बाहिर निकाल्छ। यसले पित्तथैलीमा हुने पत्थरीबाट जोगिन समेत मद्दत पुग्छ।

हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई केही मात्रामा प्रतिशत रोक्न सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा