स्मरणशक्ति बढाउन अपनाउनुस् यी उपाय
नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढ्छ ।
अनियमित वा अपर्याप्त निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण हुन्छ । दिमागलाई स्वस्थ बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।
बाघचाल, चेस, लुडो आदि खेल्दा दिमागलाई स्वस्थ बनाउन मद्दत गर्छ। दैनिक नयाँ कुराको खोजी गर्दा दिमाग सधैँ सक्रिय हुन्छ।
हरियो सागपात, बदाम, ओखर, चकलेट, ग्रिन टी आदि खानेकुरा नियमित खाँदा पनि स्मरणशक्ति तेज हुन्छ।
सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने कुनै नाम वा वस्तुसँग जोड्नुहोस।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान