गर्भवतीले खानुपर्छ यस्ता खानेकुरा
गर्भावस्थाको शुरुको अवस्था अर्थात् तीन महिना निकै जटिल मानिन्छ। खान मन नलाग्ने र वेला–वेलामा बान्ता हुने भएकाले पहिलाे तीन महिना शरीरमा पौष्टिक तत्त्व कमी हुन्छ। लामो समयसम्म शरीरमा भिटामिन नरहने भएकाले यो समयमा भिटामिन बी कमी हुन्छ।
त्यसैले, हरियो सागपात, मासु, फलफूल,दाल र गेडागुडी खानुपर्छ। प्रशस्त मात्रामा पानी पिउनुपर्छ। फोलिक एसिड पाइने खानेकुरा अनिवार्य खानुपर्छ । यसले अपांगता भएको शिशु जन्मिनबाट बचाउँछ ।
दोस्रो तीन महिना अर्थात् ६ महिनासम्मबच्चा र आमालाई बढी पोषण आवश्यक पर्छ। गर्भ बढ्दै जाने भएकाले बढी क्यालोरीको आवश्यकता पर्छ। प्रोटिन, भिटामिन र मिनरल्स पुग्नेगरी खाना खानुपर्छ।
शरीरमा पौष्टिक तत्त्वको कमी भए कुपोषण तथा रक्तअल्पता हुने सम्भावना बढी हुन्छ । त्यसैले, खानपानमा विशेष ध्यान दिनुपर्छ।
तेस्रो चरण अर्थात् ६ महिनादेखि सुत्केरी भएको डेढ महिनासम्म स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । यो समयमा बच्चाको दूधका लागि पनि पौष्टिक आहारको बढी आवश्यकता पर्छ । त्यस्तै पछिल्लो चरणमा बच्चाको विकास हुने समय भएकाले क्याल्सिययुक्त खानेकुरा खानुपर्छ।
खानेकुराबाट पौष्टिक आहार नपुग्ने अवस्था आए आइरन र क्याल्सियम सप्लिमेन्ट दिनुपर्छ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन