ऋतु परिवर्तनको समयमा ज्वरो र बच्ने उपाय
आजभोलि भाइरस वा विषाणुले हुने ज्वरो रुघाखोकी फैलिने समय छ। यो साना–ठूला, बाल–वृद्ध सबैलाई हुनसक्छ।
बिहान बेलुकाको चिसो धुलो धुवाँबाट बच्नु , रुघाखोकी वा ज्वरो आएकाबाट सतर्क रहनु, हात धोइराख्नु र मरिच–अदुवाको ‘काढा’ बनाएर खानु रोकथामका साधारण उपाय हुन्।
समस्या आइसकेपछि पनि एसमा कुनै जटिलता नभएमा ‘एण्टिबायोटिक’ औषधिको कुनै उपयोगिता छैन। उल्टै हानि हुनसक्छ। पूर्ण विश्राम, पचाउन सजिलो राम्रोसित पकाएको मनतातो सादा खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी, अनि ल्वाङ र २–३ मरिच र तुलसीका २–४ पात राखेर उमालेको पानी पिउनाले यो छिटो सञ्चो हुन सहयोग पुग्छ।
सजिलै सर्नसक्ने भएकाले अरुलाइ जोगाउन साधारणतया ज्वरो आइञ्जेल अलग्गै बस्नुपर्छ। रुघाखोकीमा घर आँगनकै तुलसीको रस र सबैको भान्सामा हुने अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाएर चाट्ने गर्नाले पनि धेरै लाभ हुन्छ।
डा. आचार्यको फेसबुक स्ट्याटसको सम्पादित रूप





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण