चिसाेबाट बच्न अपनाउनुस् यस्ताे सावधानी
अब बिस्तारै जाडाेयाम शुरु हुँदैछ। याे याममा चिसाेका कारण रूघाखाेकीलगायत विभिन्न समस्या उत्पन्न हुन्छन्। चिसाेयाममा विशेषगरी साना नानी तथा वृद्धवृद्धा बढी प्रभावित हुन्छन्। जाडाेबाट बच्न यी सावधानी अपनाउन सकिन्छ–
शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नुहोस् । दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खानेकुरा खानुस् ।
बाहिर हिँड्दा बाक्लो कपडा लगाउनुस् । सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनुस् ।
दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुस्। घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्यसम्बन्धी अन्य फाइदा पुग्छ।
बढी जाडो भएमा शरीरमा तेलले मालिस गर्न सकिन्छ। यसका लागि तोरी, जैतुन र तिलको तेल प्रयोग गर्नुस्।
महमा प्रशस्त आइरन पाइन्छ। यो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पनि महत्त्वपूर्ण मानिन्छ । त्यसैले जाडोमा मह सेवन गर्नुस्।
अदुवाको सेवन पनि चिसोबाट बच्ने उत्तम उपाय हो। चिया, दाल र तरकारी आदिमा अदुवा राखेर पकाउने गर्नुस् । यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनीकरण गर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण