व्यायामपछि कस्ताे खानपान?
सन्तुलित जीवनशैली स्वस्थ्य जीवनको प्रमुख आवश्यकता हो। शरीर स्वस्थ राख्न खानपान स्वस्थ हुन जति आवश्यक छ, त्यति नै नियमित व्यायामको पनि। व्यायामले शरीरका सबै अंगलाई मजबुत गराउँछ। यसबाट रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ।
स्वस्थ मुटु र चिन्ताबाट मुक्तिका लागि व्यायामको ठूलो महत्त्व छ। शरीरको तौल नियन्त्रण गर्न मांसपेशी तथा हड्डीको मजबुतीका लागि पनि यो आवश्यक छ। नियमित व्यायामले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ।
नियमित व्यायामले मधुमेह, कोलेस्ट्रोल, क्यान्सर हुने खतरा कम गराउँछ। रक्तचाप सामान्य राख्न र अनिद्राजस्ता समस्या समाधान गर्न पनि यो उपयोगी छ।
व्यायाम गरेपछि सोहीअनुसार खानामा ध्यान दिन सक्नुपर्छ । व्यायामका साथसाथै आवश्यक पोषणको मात्रा मिलाएर खानुपर्छ।
व्यायामपछि केरा, दूध, माछा, मासु, ओटमिल, सलादका वा ‘प्रोटिन सप्लिमेन्ट’को प्रयोग गर्न सकिन्छ । प्रोटिन सप्लिमेन्टको प्रयोग गर्नुअगाडि फिटनेसविज्ञ तथा त्याेसम्बन्धी ज्ञान भएका व्यक्तिसँग परामर्श लिनुपर्छ।
व्यायाम सकिएको १० मिनेटपछि २०–२५ ग्राम प्रोटिन र ३०–३५ ग्राम कार्बोहाइड्रेट खानुपर्छ। व्यायाम र खाना खाने समय ४५ मिनेटदेखि १ घन्टाकाे अन्तर हुनुपर्छ।।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य