Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नियमित बदाम खाँदा यस्ता फाइदा

नियमित बदाम खाँदा यस्ता फाइदा

आलमण्ड अर्थात् बदाम सानो भए पनि यो फल बहुगुणकारी छ। बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न त पाउँदैन नै यो बुद्धिवर्धक र सौन्दर्यवर्धक पनि मानिन्छ।

यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ। छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्त्वहरूले मस्तिष्क ताजा राख्न मद्दत गर्छ।

कपाल स्वस्थ राख्न पनि यो महत्त्वपूर्ण मानिन्छ। अघिल्लो दिन रातभर भिजाएको बदाम बिहान नियमित रूपमा खुवाउँदा साना नानीहरूको दिमाग तेज हुन्छ। यो प्रयोग वयस्क व्यक्तिमा पनि गर्ना सकिन्छ।

यसले मुटु स्वस्थ राख्न पनि मद्दत गर्छ। शोधहरूका अनुसार सातामा पाँच दिन बदाम खानेहरूलाई नखानेको तुलनामा हृदयाघात हुने सम्भावना ५० प्रतिशतले कम हुन्छ। बदाममा र्भका भिटामिन ईले ‘एन्टी कक्सिडेन्टल’को रूपमा काम गर्छ। यसले मुटुका अन्य रोगहरू हटाउँछ।

बदाममा भएका तत्त्वले मधुमेहजस्ता रोगलाई पनि फाइदा पुर्याउँछ। नियमित रूपले बदाम सेवन गर्नाले मधुमेहसँग लड्नसक्ने क्षमता वृद्धि हुन्छ।

बदाममा हुने अधिक मात्राको पोटासियमले शरीरको रक्तसञ्चार सहज पार्न र प्रत्येक अंगमा अक्सिजन पुर्याउन मद्दत गर्छ। यसले हरेक अंगलाई सामान्य रूपले काम गर्न सहयोग पुर्याउँछ।

बदाममा क्याल्सियमको मात्रा अधिक हुन्छ। क्याल्सियम हाडका लागि महत्त्वपूर्ण तत्त्व हो। यसको सेवनबाट ओस्टोपोरोसिस रोग लाग्ने खतरा पनि कम हुन्छ। बदाम सेवनले दाँतलाई समेत फाइदा गर्छ।

बदाममा फाइबरको मात्रा पनि प्रशस्त हुन्छ। यसले पाचन प्रक्रिया चुस्त राख्नुका साथै कोलोन क्यान्सर हुने खतराबाट धेरै हदसम्म जोगाउँछ।

बदाममा अन्य धेरै पोषक तत्त्व हुन्छन्, जस्तै, म्यागाजिन, कपर , राइबोफ्लाविन आदि। यी सबै तत्त्वले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्छन्। बिहानीपख अघिल्लो दिन पानीमा भिजाएको वा दूधसँग पाँच बदाम खानु स्वास्थ्यका लागि लाभदायक छ।

 

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण