यी खानेकुरा कहिल्यै नखानुस् धेरै
नरिवल पानी
याे भिटामिन र न्युट्रियन्ट्सको पनि स्रोत हो। यसले शरीरलाई उर्जा दिन्छ। यसलाई सन्तुलित वा कम मात्रामा सेवन गर्दा फाइदाजनक हुन्छ। तर, धेरै मात्रामा पिए शरीरमा सुगर र पोटासियम लेभल बढाउँछ। साथै तौल पनि वृद्धि हुन सक्छ।
राताे मासु
रेड मिट भिटामिन, न्युट्रियेन्ट्स जस्ता भिटामिन ए, बी, कपर र आइरनको स्रोत हो। तर, यसलाई धेरै मात्रामा सेवन गर्दा न्यूरोलोजिकल परिवर्तन र हड्डी कमजोर हुने जस्ता समस्या आउन सक्छ।
दूध
दूधलाई अमृत समान मानिन्छ। यसमा क्याल्सियम, भिटामिन डी जस्ता पौष्टिक तत्त्व पाइन्छ। यसले हड्डी मजबुत बनाउँछ। तर, धेरै मात्रामा दूध पिउँदा हड्डी कमजोर बनाउँछ।
केरा
यसमा फाइबर, पोटासियम, मिनरल्स जस्ता तत्त्व पाइन्छ । तर, केराको सेवन बढी मात्रामा गरियो भने यसले शरीरमा पोटासियमको मात्रा बढाइदिन्छ। यसले हाइपरक्यालेमिया, स्नायु वा मुटुसम्बन्धी समस्या ल्याउन सक्छ।
गोलभेँडा
यसले तरकारीकाे रंग र स्वाद दुवै बढाउँछ। अचारको रूपमा पनि गोलभेँडा प्रयोग हुन्छ। गोलभेँडामा भिटामिन, मिनरल्स, पोटासियम, म्यागनेसियम, भिटामिन सी र के पाइन्छ। तर, गोलभेडा अधिक मात्रामा सेवन गरियो भने प्याङ्क्रियाजसँग जोडिएका समस्या उत्पन्न हुन सक्छ ।
दालचिनी
यसले ब्लड सुगर लेभल कम गर्छ। तौल नियन्त्रण पनि गर्छ। दालचिनीमा पाइने एक तत्त्वकाे कारण यसकाे अधिक सेवनले क्यान्सर समेत लाग्न सक्छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै