दाँत स्वस्थ र मजबुत राख्ने तरिका
दाँत मजबुत राख्न कम्तीमा दिनको दुईपटक ब्रस गर्नुर्छ। विशेषगरी खाना खाएपछि। राति सुत्नुभन्दा ठीक अघि दाँत माझ्ने बानी पनि राम्राे हाे। ब्रस गर्दा खाली दाँतको मात्र नभएर पूरै मुख सफा हुने गरी गर्नुपर्छ। जिब्रोदेखि गिजासम्मको सफाइ गर्नुपर्छ।
साधारणतया हामी सबै ब्रस गरिसकेपछि पानीले मुख कुल्ला गछौँ । दन्तचिकित्सकका अनुसार यस्तो गर्नु राम्राे होइन । बरू कम टुथपेस्ट प्रयोग गर्नुपर्छ। धेरै टुथपेस्ट हालेर कुल्ला गर्दा त्यसमा भएकाे पदार्थले मुखमा रहेका कीटाणुलाई मारिदिन्छ।
जुन पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ, तिनले दाँतलाई असर गर्छन्। दाँतमा ‘क्याबिटी’को खतरा हुन्छ । फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ । यसले दाँतको आवरणमा नोक्सान पु्र्याउँछ।
मादकपदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ। राति रक्सी पिएर सुत्नेकाे त झनै दाँत खराब हुन्छ । रातकाे समयमा रक्सीका कारण मुख र दाँतमा ब्याक्टेरिया सक्रिय हुन्छन्।
सकभर दाँतसम्बन्धी गम्भीर रोग लाग्नुभन्दा अघि नै डाक्टरकहाँ जानुपर्छ। यसबाट दाँतमा लाग्ने सानादेखि दन्तक्यान्सरजस्तो ठूलो राेगबाट बच्न सकिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य