कब्जियतबाट मुक्ति पाउन…
अनियमित खानपान, व्ययामको कमी, खानेकुरा नपच्नु, औषधिको अत्यधिक सेवन, कम पानी पिउनु, अमिलोपिरो, फस्टफुड र ड्राईफुडको सेवन आदि कब्जियतका कारण हुन् ।
अस्वस्थ जीवनशैली, तनावयुक्त दैनन्दिन, अपर्याप्त निद्रा, धूमपान, मद्यपान र कोल्डड्रिंक्स सेवन तथा लामो समयसम्म एउटै ठाउँमा बसेर काम गर्नुजस्ता कारणले पनि कब्जियत हुन्छ।
कब्जियत हटाउन सन्तुलित भोजन गर्न आवश्यक छ। केरा, स्याउ, मेवा, आँप, खरबुजाजस्ता फलफूल पर्याप्त खानुपर्छ। त्यस्तै बदाम, किसमिस आदिले पनि कब्जियतकाे समस्या हटाउन मद्दत गर्छ।
कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो । गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदि सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ। त्यसैगरी, दही, महीका साथै पानी प्रशस्त पिउनुपर्छ।
कब्जियत भयो भनेर औषधि प्रयोग गर्नुहुँदैन। औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ। यसले कब्जियतको समस्या झन् बढाउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण