Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्मीबाट बच्न यस्ताे गर्नुस्

गर्मीबाट बच्न यस्ताे गर्नुस्

मानव शरीरले सामान्यतया ९७ देखि ९९.७ डिग्री सेल्सियससम्मको तापक्रम पचाउन सक्छ । अत्यधिक गर्मीमा शरीरको तापक्रम बढेर १०१ देखि माथि पुग्नसक्छ। यसलाई ‘हाइपर थर्मिया’ भनिन्छ ।

हाइपर थर्मिया शरीरले तापक्रमलाई नियन्त्रण गर्न नसकेका कारण हुन्छ। यसका कारण टाउको दुख्ने, बेहोस हुने, हात–खुट्टा काँप्नेजस्ता समस्या आउन सक्छन्।

पिसाब पहेँलो वा गाढा आउँछ भने शरीरमा पानी पुगेकाे रहेनछ भन्ने बुझ्नुपर्छ। त्यसैले, गर्मी मौसममा सकेसम्म धेरै पानी पिउनुपर्छ।

अत्यधिक पसिनाका कारण कतिपय अवस्थामा शरीरमा सोडियम, पोटासियम र साल्टको मात्रा कम हुन्छ। यस्तो अवस्थामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । तसर्थ, पानीकाे साथसाथै ताजा फलफूल र रस पनि खानुपर्छ।

सकेसम्म चर्को घाममा बाहिर निस्कनुहुँदैन। बाहिर निस्कनुपरेमा छाताको प्रयोग गर्नुपर्छ। सकभर, कालो रङको छाता ओढ्नु उपयुक्त हुन्छ । जसले गर्दा सीधा घामको किरण शरीरमा पर्न पाउँदैन । तर, कपडा भने सकेसम्म कालो लगाउनुहुँदैन।

हिँड्दा गाह्रो भएमा सकभर चाँडो शीतल ठाउँमा बस्नुपर्छ। त्यस्तै, घर वा कार्यालयमा बस्दा पनि पंखा वा एसी प्रयोग गर्नुपर्छ।

गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले उनीहरूका लागि विशेष ध्यान दिनुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा