गर्मीबाट बच्न यस्ताे गर्नुस्
मानव शरीरले सामान्यतया ९७ देखि ९९.७ डिग्री सेल्सियससम्मको तापक्रम पचाउन सक्छ । अत्यधिक गर्मीमा शरीरको तापक्रम बढेर १०१ देखि माथि पुग्नसक्छ। यसलाई ‘हाइपर थर्मिया’ भनिन्छ ।
हाइपर थर्मिया शरीरले तापक्रमलाई नियन्त्रण गर्न नसकेका कारण हुन्छ। यसका कारण टाउको दुख्ने, बेहोस हुने, हात–खुट्टा काँप्नेजस्ता समस्या आउन सक्छन्।
पिसाब पहेँलो वा गाढा आउँछ भने शरीरमा पानी पुगेकाे रहेनछ भन्ने बुझ्नुपर्छ। त्यसैले, गर्मी मौसममा सकेसम्म धेरै पानी पिउनुपर्छ।
अत्यधिक पसिनाका कारण कतिपय अवस्थामा शरीरमा सोडियम, पोटासियम र साल्टको मात्रा कम हुन्छ। यस्तो अवस्थामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । तसर्थ, पानीकाे साथसाथै ताजा फलफूल र रस पनि खानुपर्छ।
सकेसम्म चर्को घाममा बाहिर निस्कनुहुँदैन। बाहिर निस्कनुपरेमा छाताको प्रयोग गर्नुपर्छ। सकभर, कालो रङको छाता ओढ्नु उपयुक्त हुन्छ । जसले गर्दा सीधा घामको किरण शरीरमा पर्न पाउँदैन । तर, कपडा भने सकेसम्म कालो लगाउनुहुँदैन।
हिँड्दा गाह्रो भएमा सकभर चाँडो शीतल ठाउँमा बस्नुपर्छ। त्यस्तै, घर वा कार्यालयमा बस्दा पनि पंखा वा एसी प्रयोग गर्नुपर्छ।
गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले उनीहरूका लागि विशेष ध्यान दिनुपर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य