कागतीका फाइदा
कागती बहुउपयोगी फल हो। अमिलो फल यो विशेषगरी सर्वत र अचार बनाउन प्रयोग हुन्छ। कागतीका फाइदा अनगिन्ती छन्।
खानामा केही थोपा कागतीको रस हालेर खाँदा पाचनलाई सहयोग पुर्याउँछ। कागतीले र रगत शुद्धीकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
सफा पानीमा कागती निचोरेर सख्खर र बिरे नुन घोलेर खाँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ। शरीरका विकार समेत हटाउँछ।
रुघाखोकी र ज्वरोमा समेत कागतीको प्रयोग अत्यन्तै लाभदायक हुन्छ। कागतीकाे सर्वत बनाएर खाँदा ज्वरो आएका बिरामी छिटै निको हुन्छन्।
कागतीको रस राख्दा त्यसले दाँत दुखाइलाई कम गर्छ। दाँतको गिजामा कागतीको रस हालेर माड्ने हो भने गिजाबाट रगत आउन समेत रोकिन्छ।
कागतीको जुस खानाले गिजाका कारण मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ। दाँतको नियमित सफाईमा समेत कागतीको प्रयोग गर्न सकिन्छ।
कागतीको रस कपालको सुरक्षामा पनि उत्तिकै महत्त्वपूर्ण छ। कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्या समाधान हुन्छ।
यदि शरीर अनावश्यक रूपमा वृद्धि भएको छ भने मनतातो पानीमा सख्खर हालेर खाँदा तौल नियन्त्रण हुन्छ।
हैजा र मलेरियामा समेत कागतीको सर्वत फाइदाजनक छ किनभने यसले रगत शुद्धीकरण गर्न मद्दत गर्छ ।
मुटुका समस्या भएका व्यक्तिहरूलाई कागतीको सर्वत अतिउपयोगी हुन्छ। यसमा भएको पोटासियम तत्त्वले उच्च रक्तचाप, वाकवाकी र टाउको दुखाइ नियन्त्रण गर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य