Health TV Online
Health TV Online

यसरी बच्नुस् झडापखालाबाट

यसरी बच्नुस् झडापखालाबाट

दूषित पानीका कारण वर्षायाममा झाडापखालाको संक्रमण बढ्छ। झन् बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा झाडापखालाको महामारी फैलिने सम्भावना धेरै हुन्छ। झाडापखालाको महामारीकै कारण नेपालमा बर्सेनि धेरैको मृत्यु हुने गरेको छ ।

बालबालिका, बूढाबूढीलगायत प्रतिरोधी क्षमता कम भएका मानिस झाडापखालाबाट बढी प्रभावित हुन्छन्। सतर्कता अपनाउन सके झाडापखाला केही दिनमा आफैँ ठीक हुन्छ । यो लामो समयसम्म रहनु स्वास्थ्यका लागि घातक हुन्छ।

बच्ने तरिका

पानी उमालेर, फिल्टर गरेर, पियूषजस्ता औषधि प्रयोग गरेर मात्र पिउनुपर्छ।

खोला, इनार आदि खुला ठाउँको पानी प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ।

खुलै छाडिएका र बासी खानेकुरा खानुहुँदैन। खानेकुरा सधैँ छोपेर राख्नुपर्छ ।

फलफूल, हरियो सागपातजस्ता खानेकुरा राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।

दिसा गरिसकेपछि र खाना खानुपूर्व साबुनपानीले राम्ररी हात धुनुपर्छ।

घर भित्रजस्तै आँगन वरिपरिको सरसफाइमा पनि ध्यान दिनुपर्छ।

घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

नशा च्यापिने समस्या र उपचार

नशा च्यापिने समस्या र उपचार