यसरी बच्नुस् झडापखालाबाट
दूषित पानीका कारण वर्षायाममा झाडापखालाको संक्रमण बढ्छ। झन् बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा झाडापखालाको महामारी फैलिने सम्भावना धेरै हुन्छ। झाडापखालाको महामारीकै कारण नेपालमा बर्सेनि धेरैको मृत्यु हुने गरेको छ ।
बालबालिका, बूढाबूढीलगायत प्रतिरोधी क्षमता कम भएका मानिस झाडापखालाबाट बढी प्रभावित हुन्छन्। सतर्कता अपनाउन सके झाडापखाला केही दिनमा आफैँ ठीक हुन्छ । यो लामो समयसम्म रहनु स्वास्थ्यका लागि घातक हुन्छ।
बच्ने तरिका
पानी उमालेर, फिल्टर गरेर, पियूषजस्ता औषधि प्रयोग गरेर मात्र पिउनुपर्छ।
खोला, इनार आदि खुला ठाउँको पानी प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ।
खुलै छाडिएका र बासी खानेकुरा खानुहुँदैन। खानेकुरा सधैँ छोपेर राख्नुपर्छ ।
फलफूल, हरियो सागपातजस्ता खानेकुरा राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
दिसा गरिसकेपछि र खाना खानुपूर्व साबुनपानीले राम्ररी हात धुनुपर्छ।
घर भित्रजस्तै आँगन वरिपरिको सरसफाइमा पनि ध्यान दिनुपर्छ।
घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?