सर्पले टाेक्याे? के गर्ने?
बढ्दो गर्मी, बाढीपहिरो र डुबानका कारण सर्पदंशका घटना भइरहेका छन्। विशेषगरी तराई–मधेशमा केही समययता सर्पदंश बढिरहेका छन्।
तराईका सर्प विषालु हुन्छन्। तराईमा पाइने कोब्रा, गोमन र करेन्ट सर्प अत्यन्तै विषालु हुन्छन्। तराईतिरको सर्पले टोक्दा स्नायु प्रणाली र मुटुमा असर गर्छ। समयमै उपचार हुन सकेन भने बिरामीको ज्यानै जान पनि सक्छ।
पहाडी भेगमा पाइने सर्प त्यति विषालु हुँदैनन्। पहाडतिरको सर्पले डस्दा डसेको भाग सुन्निन्छ।
पहाडतिर सर्पले टोक्दा प्राथमिक उपचार गरेर अस्पताल लग्न सकिन्छ। अस्पताल पुर्याउनुअघि बिरामीलाई सुताएर टोकेको भागभन्दा केही माथि एउटा औँला छिर्नेगरी ‘ब्यान्डेज’ बाँध्नुपर्छ।तराईमा सर्पले टोक्दा भने तुरुन्त उपचार केन्द्र पुर्याइहल्नुपर्छ। ढिलो गर्नुहुँदैन।
धेरै विषालु भए सर्पको विषले वाकवाक आउने वा बेहोश हुने समस्या देखिन्छ। सर्पदंशमा परेकाले आत्तिनु हुँदैन। बिरामीलाई चाँडोभन्दा चाँडो उपचार केन्द्र पुर्याएर ‘एन्टी स्नेक भेनम’ दिनुपर्छ। सर्पले टाेकेकाे भाग चलाउनु हुँदैन।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य