सानैमा हुने मोटोपनबाट यसरी जोगाउनुस् छोराछोरीलाई
बच्चाहरूको बढ्दो तौल र मोटोपना प्रायजसो शहरी क्षेत्रमा बढ्दै गरेको जनस्वास्थ्य समस्या हो।
केही वंशाणुगत रोग वा हर्मोनको गडबडीका कारण पनि बच्चामा मोटोपन हुन सक्छ र त्यसैले मोटो बच्चालाई समयमै मूल्यांकन र उपचार गर्ने चिकित्सककहाँ लैजानु पर्छ।
बाल्यावस्थामा हुने मोटोपनाले उच्च रक्तचाप, युवा अवस्थामा मुटुरोग, मधुमेह, पित्तथैलीमा पत्थर र कलेजोसम्बन्धी रोग, श्वास फेर्न गाह्रो हुने र मानसिक समस्या निम्त्याउन सक्छ।
जन्मिँदा बच्चा कम तौलको हुनु र पर्याप्त अवधिसम्म स्तनपान नगराउनाले बाल्यावस्था वा त्यसपसछिको अवस्थामा मोटो हुने सम्भावनालाई बढाउँछ।
अधिक मात्रामा फास्ट फुडहरुमा गएर खाने घरमै पनि अत्यधिक मात्रामा खानेकुरा उपभोग गर्ने, धेरै क्यालोरी भएका, बोसोयुक्त, फाइबर कम भएका खाना र साथै गुलीयो पेयपदार्थ धेरै सेवन गर्ने जस्ता बढ्दो सामाजिक आनीबानीले मोटोपना निम्त्याउन योगदान दिएको छ।
अत्याधिक कम्प्युटर चलाउने र टीभी हेर्ने, शारीरिक व्यायाम नगर्ने र अन्य बिलासी जीवन जीउने प्रवृत्तिले पनि शहरी क्षेत्रका बच्चामा मोटोपनको समस्या देखिएको हो।
मोटोपनको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ?
रोकथाम नै यो बढ्दो समस्याको लागि सबैभन्दा उत्तम व्यवस्थापन हो।
गुलियो पेयपदार्थ कम सेवन गर्ने सुत्ने कोठा वा स्थानबाट टीभी र कम्प्युटर हटाउने।
बच्चाले दिनहुँ बिहान चिया नास्ता गरेको कुरा सुनिश्चत गर्ने।
घरबाहिर ‘फास्ट फुड’हरू कम खाने बानी नियन्त्रण गर्ने र घरमा पकाएका चिजबिजलाई बढावा दिने साथै यसको सेवन पनि ठीक्क मात्रामा गर्ने।
क्याल्सियम र फाइबरयुक्त सन्तुलित आहार उपभोग गरेको कुरा सुनिश्चित गर्ने।
जन्मेको १ घण्टाभित्र शिशुलाई स्तनपान गराउन थाल्ने र ६ महिनासम्म स्तनपान मात्र गराउने।
नियमित शारीरिक व्यायाम र बाहिरी खेलकुदहरूमा भाग लिन बढावा दिने।
बच्चाहरुमा हुने मोटोपनलाई व्यवस्थित गर्न पूरै परिवारकै जीवनशैली परिवर्तन ल्याउन आवश्यक हुन्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?