Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगुबारे जानीराखौँ

डेंगुबारे जानीराखौँ

पछिल्लो केही समय यता पूर्वी तराई र आसपासका क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ। हालसम्म ती क्षेत्रका ७०० भन्दा बढी मानिसमा डेंगुको संक्रमण फेला परेको छ।

डेंगुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थयकर्मीसहितको टोली समेत खटाएको छ।

यो वातावरणसँग पनि जोडिएको हुनाले महामारी फैलिन सक्ने डर हुन्छ। जहाँ पानी खुलारूपमा सञ्चित भएको हुन्छ, त्यहाँ लामखुट्टे बस्छ र फुल पार्छ। डेंगु ‘एडिस एजेप्टाई’ नामक लामखुट्टेको टोकाइबाट हुन्छ।

डेंगु भाइरसका कारण डेंगु रोगको संक्रमण हुन्छ। यस्ता लामखुट्टे सफा पानीमा बस्छन्। जस्तै घरमा जडान गरिएको एसी, भाँडामा राखिएको पानी, गमलामा भएको पानी, छतमा जमेको पानी आदिमा यो बस्छ।

लक्षणहरू

एक्कासि ज्वरो आउनु,

धेरै टाउको दुख्नु,

आँखाको गेडी दुख्नु,

हाड जोर्नी तथा मांसपेशी दुख्ने,

वाकवाकी लाग्ने,

गिजाबाट रगत बग्ने,

शरीरमा रगत जमेको दागहरू देखापर्ने

र, एक्कासी बेहोस हुने।

कसरी बच्ने?

पानी जम्नसक्ने भाडाँहरू जस्तै खाली बट्टा मट्टितेलका खाली ड्रम, गाडीको टायर आदिमा पानी जम्न दिनु हुँदैन।

बोतल वा प्लास्टिकका बटटाहरू जथाभावी फ्याँक्नुहुँदैन। यस्ता सामानमा जमेका पानीमा पनि लामखुट्टे बस्न सक्छन्।

घर वरिपरि सफा राख्ने पानी जम्ने खाल्डाहरु पुर्नुपर्छ। घरका झ्यालढोकामा जाली खापा लगाउने र सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ।

लामखुटेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनुपर्छ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलासँग कुराकानीमा आधारित।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण