यी समस्याका घरेलु उपचार
रुघाखोकीमा
असुरोको पात वा फूलको रस पानीमा उमालेर १० देखि १५ मिलि पिउँदा आराम हुन्छ। यसको ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकी बिसेक हुन्छ।
झाडापखालामा
बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग तीन देखि छ ग्राम, रस १०–२० मिलि खानाले दिसाका साथमा रगतआउने, रगतमासी एवं अर्शमा समेत फाइदा पुग्छ। साधारण झाडापखलामा जिराको धूलो ३ ग्राम खाँदा पनि आराम मिल्छ।
वाकवाकी एवं बान्तामा
वाकवाकी, उल्टी हुँदा दालचिनी वा सुकमेलको धुलो १–३ ग्राम प्रयोग गर्दा आराम मिल्छ। साथसाथै अदुवाको रस वा सुकेको अदुवाको धुलो प्रयोग गर्न सकिन्छ।
पेट दुखेमा
ज्वानोको धुलो तीन देखि पाँच ग्राम प्रतिदिन दुईपटक कुनै खाना वा अन्य पेयपदार्थमा राखेर प्रयोग गर्दा आराम मिल्छ।
अजीर्ण र ग्यास हटाउन टिमुरको धुलो एक देखि दुई ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । बच्चाहरूको साधारण पेट दुखाईमा, अजिर्ण, अररुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर खान दिँदा फाइदा हुन्छ ।
ग्याष्ट्रिकमा
अमला मेथी, कुरिलो जराको धुलो, जेठि मधुको यी मध्ये कुनै एक जडिबुटीको धुलो अम्लपित्त भएको अवस्थामा तीन ग्रामसम्म साँझ बिहान प्रयोग गर्दा उपयोगी हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण