सुन्दरताका लागि यी फलफूल
हामीले खाने गरेका फलफूलले धेरै किसिमको फाइदा दिइरहेका हुन्छन्। फलले हामीलाई शक्ति दिन्छ र हामीलाई स्वस्थ्य पनि बनाउन मद्दत गर्छ। सुन्दरताका लागि पनि फलफूल उपयोग गर्न सकिन्छ,
आँप
अहिले आँपको सिजन हो। यसलाई फलको राजा भनिन्छ । यसमा भिटामिन ए, सि, इ, के, मिनरल, क्याल्सियम र म्याग्नेसियम हुन्छ। यसले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ। आँपलाई अनुहारमा लगायो भने यसले अनुहारलाई ताजगी दिन्छ। यसले अनुहारमा रहेको चाउरीलाई कम गर्छ।
स्याउ
यसले अनुहारलाई बलियो र रक्तसञ्चारमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसमा एन्टिअक्सिडेन्टको गुण हुन्छ। यसका साथै यसमा ‘फ्रुट एसिड’ हुन्छ, जसले अनुहार सफा राख्छ। हरेक दिन स्याउको रसलाई अनुहारमा लगायो भने यसले सुन्दर बनाउँछ।
मेवा
यसमा भिटामिन ए, बि, सि, म्याग्नेसियम र एन्टिअक्सिडेन्ट हुन्छ। मेवामा पपेन नामको एन्जाइम हुन्छ, यसले अनुहारमा मरेको कोशहरूलाई हटाउँछ।
केरा
केरामा पोटासियम र भिटामिन सी हुन्छ। यसलाई फेस र हेयर प्याक दुवैका रुपमा प्रयोग गर्न सकिन्छ। केरालाई मुछेर अनुहारमा लगाएर केहीबेरपछि पानीले सफा गर्दा अनुहार चम्किलो हुन्छ।
कागती
कागतीमा भिटामिन सि र मिनरलको मात्रा बढी हुन्छ। कागतीलाई जहिले पनि पानीमा मिसाएर प्रयोग गर्नुपर्छ। लगातार कागतीको प्रयोग गर्दा भने अनुहार सफा र गोरो हुन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य