Health TV Online
Health TV Online

सुन्दरताका लागि यी फलफूल

सुन्दरताका लागि यी फलफूल

हामीले खाने गरेका फलफूलले धेरै किसिमको फाइदा दिइरहेका हुन्छन्। फलले हामीलाई शक्ति दिन्छ र हामीलाई स्वस्थ्य पनि बनाउन मद्दत गर्छ। सुन्दरताका लागि पनि फलफूल उपयोग गर्न सकिन्छ,

आँप
अहिले आँपको सिजन हो। यसलाई फलको राजा भनिन्छ । यसमा भिटामिन ए, सि, इ, के, मिनरल, क्याल्सियम र म्याग्नेसियम हुन्छ। यसले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ। आँपलाई अनुहारमा लगायो भने यसले अनुहारलाई ताजगी दिन्छ। यसले अनुहारमा रहेको चाउरीलाई कम गर्छ।

स्याउ
यसले अनुहारलाई बलियो र रक्तसञ्चारमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसमा एन्टिअक्सिडेन्टको गुण हुन्छ। यसका साथै यसमा ‘फ्रुट एसिड’ हुन्छ, जसले अनुहार सफा राख्छ। हरेक दिन स्याउको रसलाई अनुहारमा लगायो भने यसले सुन्दर बनाउँछ।

मेवा
यसमा भिटामिन ए, बि, सि, म्याग्नेसियम र एन्टिअक्सिडेन्ट हुन्छ। मेवामा पपेन नामको एन्जाइम हुन्छ, यसले अनुहारमा मरेको कोशहरूलाई हटाउँछ।

केरा
केरामा पोटासियम र भिटामिन सी हुन्छ। यसलाई फेस र हेयर प्याक दुवैका रुपमा प्रयोग गर्न सकिन्छ। केरालाई मुछेर अनुहारमा लगाएर केहीबेरपछि पानीले सफा गर्दा अनुहार चम्किलो हुन्छ।

कागती

कागतीमा भिटामिन सि र मिनरलको मात्रा बढी हुन्छ। कागतीलाई जहिले पनि पानीमा मिसाएर प्रयोग गर्नुपर्छ। लगातार कागतीको प्रयोग गर्दा भने अनुहार सफा र गोरो हुन्छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

नशा च्यापिने समस्या र उपचार

नशा च्यापिने समस्या र उपचार