दूधसँग नखानुस् यी खानेकुरा
दही दूधबाटै बन्ने भए पनि यी दुई एकैसाथ खानु हुँदैन। सँगै खाँदा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या आउँछ। दूध र दही एक घण्टाको फरकमा भने खान सकिन्छ ।
मासको दाल खाएपछि दूध पिउनु हानिकारक मानिन्छ। मास र दूधमा पाइने केही तत्त्व आपसमा मिल्दा शरीरमा विभिन्न समस्या आउन सक्छ।
नुन वा नुनिलो वस्तुमा दूध मिसाएर खानुहुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ खाँदा स्वास्थ्यमा प्रतिकूलअसर पुग्छ।
माछामासु र दूधमा पाइने तत्त्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या ल्याउँछ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड