Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रत्यारोपण गरेको मिर्गौलालाई यसरी स्वस्थ राखौं

प्रत्यारोपण गरेको मिर्गौलालाई यसरी स्वस्थ राखौं

जब मानिसको मिर्गौलाले काम गर्न छोड्छ । बिरामीसँग २ वटा मात्र बिकल्प हुन्छन् डायलाइसिस र प्रत्यारोपण । डाइलाइसिस केही समयका लागि मात्र उपयुक्त हुन्छ । अन्तिममा प्रत्यारोपण नै अन्तिम विकल्प हो ।
मिर्गौला प्रत्यारोपण गरिसकेपछि बिरामीले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्ता बिरामीले स्वास्थ्य जाँचमा निकै ध्यान दिनुपर्छ ।

प्रत्येक तीन तीन महिनामा स्वास्थ्य जाँच गरी चिकित्सकलाई देखाउनुपर्छ । नियमित जाँच गर्दा प्रत्यारोपण गरेको मिर्गौलाले कति काम गरिरहेको छ भन्ने थाहा हुन्छ । प्रत्यारोपण गरेका बिरामीले चिकित्सकको सल्लाह अनुसार नियमित औषधिको सेवन गर्नुपर्नेहुन्छ । औषधि खान बिर्सें वा आज खाँदिन भन्ने छुट यस्ता बिरामीलाई हुँदैन किनभने एक दिन मात्र औषधि छुट्यो भने यसले मिर्गौलाको काममा असर पार्न थाल्छ ।

त्यसैले यस्ता बिरामीले औषधि पुग्ने गरी आफूसँग राख्नुपर्छ । साथै यात्रामा निस्कने क्रममा पनि औषधि लिएर हिंड्नुपर्छ ।
प्रत्यारोपण गरेका व्यक्तिलाई संक्रमणले छिटो आक्रमण गर्न सक्छ । त्यसैले धुलो धुँवाबाट पनि टाढा रहनुपर्छ । प्रत्येक दिन मनतातो पानीले नुहाउने गर्नुपर्छ । यसले गर्दा शरीर चंगा रहन्छ । आफ्नो ब्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै स्वस्थ र पौष्टिक आहारको सेवन गर्नुपर्छ ।

मिर्गौला रोग विशेषज्ञ डा दिब्या सिंह शाहसँग कुराकानीमा आधारित

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा