Health TV Online
Health TV Online

गर्मीयाममा बच्नुस् साङलाबाट

गर्मीयाममा बच्नुस् साङलाबाट

गर्मीयाममा भान्छालगायतका कोठमा साङ्लाले निकै दुःख दिन्छ। यसले खानेकुरा दुषित बनाइदिन्छ। साङ्ला यस्तो जीव हो, जसको प्रजनन क्षमता अत्यधिक हुन्छ।  यो सहजै मर्ने वा नष्ट पनि हुँदैन।

साङ्लाको र्‍यालमा ब्याक्टेरिया हुन्छ। साङ्लामा ‘सैलमोनेला’ नामक भाइरस फैलाउने ब्याक्टेरिया हुन्छ। खानेकुरा जुठो हालेर त्यसमा उसलेब्याक्टेरिया छाड्छ। यसको सेवनले ‘फुड’ प्वइजन हुनसक्छ। यति मात्र होइन टाइफाइड पनि हुन सक्छ ।

एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ। यो युरिन ट्रेक्ट इन्फेक्सन, पाचनसम्बन्धी समस्या र सेप्सिसको कारण पनि बन्छ। साङलाकै कारण छालाको एलर्जी पनि हुनसक्छ।

कसरी बच्ने?

घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। साङ्ला बस्ने कुनाकाप्चामा दिनदिनै सफा गर्नुपर्छ।

लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्ने। उक्त मिश्रणलाई पानीमा मिसाएर घोल तयार गर्ने। त्यसलाई एउटा बोतलमा राखेर साङ्ला बस्ने कुना काप्चामा छर्किनुपर्छ। केही दिन नियमित छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ।

सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्ला बस्ने स्थानमा राख्नुपर्छ। त्यसको छेउमा थोरै पानी राखिदिनुपर्छ। सोडा खाएपछि यसले पानी पिउँछ र मर्छ।

पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने र घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्किने गर्नाले पनि साङ्ला हराउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

नशा च्यापिने समस्या र उपचार

नशा च्यापिने समस्या र उपचार