पिसाब पोल्ने कारण र घरेलु उपचार
गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्न सक्छ। पिसाब पोल्नु, पिसाब गर्दा दुख्नुहुनु जस्ता समस्या अन्य रोगको संकेत पनि हुनसक्छ। मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण पनि समस्या आएको हुनसक्छ।
पिसाब पोल्ने कारण
मधुमेह
मुत्रनलीको संक्रमण
कलेजोसम्बन्धी रोग
मेरुदण्डमा चोट
शरीरमा पानीको मात्रा कम
मुत्रमार्गमा संक्रमण
मृगौलामा पत्थरी हुनु
लक्षण
मुत्राशयमा पीडा
पिसाब गन्हाउनु
पिसाबको रंग गाढा पहेँलो हुनु
पटक पटक तर थोरै पिसाब आउनु
घरेलु उपचार
पर्याप्त पानी पिउनुहोस्। यसले मुत्राशयमा रहेको हानिकारक ब्याक्टेरिया पिसाबको माध्यमबाट बाहिर निकाल्छ।
सिट्रिक एसिड अधिक भएको फल खानुहोस्। यसले ‘युरिन इन्फेक्सन’ गराउने ब्याक्टेरिया नष्ट हुन्छ।
राति एक चम्चा धनिया पाउडर एक गिलास पानीमा मिसाएर राख्नुहोस् । बिहान उक्त पानीमा चिनी वा सख्खर मिसाएर पिउनुहोस्।
पिसाब पोल्ने समस्यामा अनारको जुस पिउनु पनि लाभदायक हुन्छ।
सुकुमेल र बदामलाई मिश्रीसँग मिलाउर एक गिलास पानीको साथमा पिउने गर्नुहोस्।
चामलको माडमा थोरै चिनी मिसाएर पिउनुपर्छ। नरिवलको पानी निकै उपयोगी मानिन्छ।
सरसफाइमा ध्यान दिनुहोस् । दिनमा तीन चार पटक गुप्ताङ्ग धुनुहोस्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य