कब्जियत छ? हटाउन अपनाउनुस् यी उपाय
६ वटा सुक्खा जामुनलाई पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र मजाले पिस्नुस्। त्यसपछि त्यसमा मह र जीराको मिलाउनुस्। यसरी तयार भएको जुस पिउँदा कब्जियत हटाउन सहयोग गर्छ।
दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी वीरेनुन लिनुस्। नासपातीका सानासाना टुक्रा पार्नुस् र पिस्नुस्। पिसेपछि एउटा गिलासमा रस निकाल्नुस्। त्यसपछि गिलासमा कागतीको रस र वीरेनुन हाल्नुस्। यो जुसले पनि कब्जियतमा फाइदा गर्छ।
एउटा स्याउ, आधी चम्चा सूपको धुलो, आधी कप पानी लिनुस्। सबभन्दा पहिला स्याउ काटेरपिस्नुस्। त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सुपको धुलो हाल्नुस् र राम्ररी घोल्नुस्। यो जुसले पनि कब्जियत भएकालाई राम्रो परिणाम दिन्छ
आधा कागती, एक कप तातोपानी, एक चम्चा मह, आधी चम्चा जीराको धुलो तयार पार्नुस्। एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धुलो हालेर मज्जाले घोल्नुस्। यो जुसले पनि कब्जियत भगाइदिन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य