कपाल झर्न नदिन यस्तो गर्नुस्
तोरी, नरिवल वा सर्स्युँको तेल तताएर हलुका मसाज गर्ने। जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने। टाउकोमा दिनहुँ हल्का मसाज गर्ने। यसले जरामा रक्तसञ्चार भई कपाल झर्नबाट रोक्छ ।
ग्रिन टीसहितको पानी मनतातो बनाएर कपालमा लगाई केहीबेरमा धुने। ग्रिन टीमा एन्टिअक्सिडेन्ट तत्व हुने भएकाले कपाल झर्नबाट रोक्नुका साथै कपाल छिटो बढ्छ।
मेथीको रसमा दही मिसाएर कपालमा लगाउने र करिब एक घण्टापछि पखाल्ने। यसले कपाल झर्ने समस्यासँगै चाया पर्नबाट समेत बचाउँछ।
प्याज काटेर कपाल झरेको ठाउँमा नियमित मसाज गर्दा कपाल झर्न बन्द हुनुका साथै नयाँ कपाल उम्रिन्छ । तनावका कारणसमेत कपाल झर्छ । दैनिक योग गरेमा शरीरमा हर्मोनको मात्रा सन्तुलित राख्नुका साथै तनाव व्यवस्थापनमा सहयोग पुग्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड