धेरै पटक नउमाल्नुहाेस् दूध, यस्ताे छ कारण
भनिन्छ दूध राम्ररी उमालेर खानुपर्छ। दूध राम्रोसाग उमाल्दा यसमा भएका सूक्ष्म हानिकारक जीवाणु नष्ट हुन्। तर, विचार पुर्याउनुपर्ने अर्को कुरा के हो भने दूध पटक–पटक उमालेर खाँदा शरीरलाई हानिसमेत पुर्याउनसक्छ।
दूधमा मानव शरीरलाई चाहिने आवश्यक पोषक तत्त्व हुन्छन् । दूधमा हड्डीदेखि दाँत बलियो बनाउनेसम्मका पोषण तत्त्व पाइन्छ। यसमा क्याल्सियम, फोस्फोरस, प्रोटिन, भिटामिन बी–१२, भिटामिन एलगायत स्वास्थ्यवर्धक तत्त्व पाइन्छ। दूधलाई बारम्बार उमालेर खाएमा यी पौष्टिक तत्व नष्ट हुन्छन् ।
दूध तीन मिनेटभन्दा बढी नउमाल्नुहोस् । उमाल्ने क्रममा चलाइराख्नुहाेस्। दूध उम्लेको केही क्षणमै चुल्हाेबाट उतार्नुहोस् । एकपटक उमालेपछि फ्रिजमा राख्नुहोस् या एकपटक उमाल्नेबित्तिकै प्रयोगमा ल्याउनुहोस्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड