चुरोट छाड्न सकिरहनुभएकाे छैन? अपनाउनुस् यी चार उपाय
धूमपान अर्थात् चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक हो भन्ने प्रायः सबैलाई थाहा छ। तर पनि मानिस किन यसलाई छोड्न सक्दैनन्? कतिले चाहेर पनि यो अम्मल छाड्न सकेका हुँदैनन्। चुरोट सजिलैसँग छाड्ने चार उपाय बताइएको छ–
पहिलो उपाय– दैनिक बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर पिउने। दोस्रो उपाय– जब चुरोटको तलतल लाग्छ, आफैँले आफैलाई सम्झाउने, ‘मैले जुनसुकै हालतमा चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।
तेस्रो उपाय– चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईँलाई जबजब चुरोट पिउन मन लाग्छ, आरामसँग बस्नुहाेस् र लामो सास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईँको ध्यान अन्यत्रै मोडिन्छ।
चौथौ उपाय– अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र आफ्नै साथमा राख्नुहोस् । जब चुरोटको सम्झना हुन्छ बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण