Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

खरबुजाकाे गुदी मात्र हाेइन बियाँ पनि छ गुणकारी

खरबुजाकाे गुदी मात्र हाेइन बियाँ पनि छ गुणकारी

काठमाडौं : गर्मी बढेसँगै बजारमा मन पराइने फलमध्ये पनि एक हो। शीतलता प्रदान गर्ने हुनाले हामी खरबुजाको गुदी त खान्छौँ तर त्यसको बियाँ फाल्ने गर्छौँ। खरबुजाजस्तै यसकाे बियाँ पिन स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ।

यसकाे बियाँमा अत्यधिक मात्रामा न्युट्रेसन, प्रोटिन र मिनरल्स पाइन्छ। जसले शरीरलाई स्वस्थ राख्नुका साथै विभिन्‍न रोग लाग्नबाट रोक्न मद्दत गर्छ। तर बियाँलाई राम्ररी चपाउनु पर्छ।

खरबुजाका बियाँका फाइदा–

मुटुका लागि खरबुजाको बियाँ लाभदायक हुन्छ। यसमा पाइने ल्याकोपिन नामक तत्त्वले मुटु रोग लाग्नबाट बचाउनुका साथै मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।

यसमा पाइने फाइवरले पाचन प्रणालीलाई स्वस्थ राख्न सहयाेग पुर्याउँछ गर्छ। दानाको सेवन पाचनमा समस्या हुने व्यक्तिका लागि लाभदायक हुन्छ।

खरबुजाकाे बियाँ सेवनले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयाेग गर्दछ। यसमा पाइने भिटामीन ‘बी’ का कारण स्नायु प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ।

एक लिटर पानीमा केही खरबुजाका बियाँ  ४५ मिनेट उमालेर दैनिक रूपमा पिउनाले केही हदसम्ममा मधुमेह नियन्त्रणमा राख्न सकिन्छ।

खरबुजाका दानाले क्यान्सरको सम्भावनालाई कम गर्न मद्दत गर्छ। खानाको कारण मानिसको शरीरमा उत्पन्न हुने अनावश्यक कोषको मात्रालाई नियन्त्रण गरी क्यान्सरको खतरा कम गर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण