खरबुजाकाे गुदी मात्र हाेइन बियाँ पनि छ गुणकारी
काठमाडौं : गर्मी बढेसँगै बजारमा मन पराइने फलमध्ये पनि एक हो। शीतलता प्रदान गर्ने हुनाले हामी खरबुजाको गुदी त खान्छौँ तर त्यसको बियाँ फाल्ने गर्छौँ। खरबुजाजस्तै यसकाे बियाँ पिन स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ।
यसकाे बियाँमा अत्यधिक मात्रामा न्युट्रेसन, प्रोटिन र मिनरल्स पाइन्छ। जसले शरीरलाई स्वस्थ राख्नुका साथै विभिन्न रोग लाग्नबाट रोक्न मद्दत गर्छ। तर बियाँलाई राम्ररी चपाउनु पर्छ।
खरबुजाका बियाँका फाइदा–
मुटुका लागि खरबुजाको बियाँ लाभदायक हुन्छ। यसमा पाइने ल्याकोपिन नामक तत्त्वले मुटु रोग लाग्नबाट बचाउनुका साथै मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।
यसमा पाइने फाइवरले पाचन प्रणालीलाई स्वस्थ राख्न सहयाेग पुर्याउँछ गर्छ। दानाको सेवन पाचनमा समस्या हुने व्यक्तिका लागि लाभदायक हुन्छ।
खरबुजाकाे बियाँ सेवनले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयाेग गर्दछ। यसमा पाइने भिटामीन ‘बी’ का कारण स्नायु प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ।
एक लिटर पानीमा केही खरबुजाका बियाँ ४५ मिनेट उमालेर दैनिक रूपमा पिउनाले केही हदसम्ममा मधुमेह नियन्त्रणमा राख्न सकिन्छ।
खरबुजाका दानाले क्यान्सरको सम्भावनालाई कम गर्न मद्दत गर्छ। खानाको कारण मानिसको शरीरमा उत्पन्न हुने अनावश्यक कोषको मात्रालाई नियन्त्रण गरी क्यान्सरको खतरा कम गर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण