हरियो खुर्सानी खाँदा हुने फाइदा
हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ। प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ।
खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पुर्याउँछ। खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ।
हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेसनलाई कम गर्छ। यसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ।
प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्त्व अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पु(याउने गर्छ । हरियो खुर्सानी खाँदा यसले रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ।
हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स र भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ।
आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम हुन्छ । यसका साथै प्रोटेस्टको समस्यासमेत कम गर्छ।
हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण हुन्छ। यसले विभिन्न रोगको संक्रमणबाट बचाउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण