पिसाब पाेल्ने समस्या : यस्तो छ घरेलु उपचार
पर्याप्त पानी पिउनुस्। सम्भव भएसम्म हरेक एक घण्टामा पानी पिउनुस्। यसले मुत्राशयमा रहेको हानिकारक व्याक्टेरिया पिसाबको माध्यमबाट बाहिर निस्किन्छ।
कहिलेकाहिँ मनतातो पानी पिउँदा पनि पिसाबको पीडा कम हुन्छ। थोरै पानी काँचो दूधमा मिसाएर पिउनुपर्छ। यसका साथै थोरै फिटकिरी पानीमा राखेर पिउन सकिन्छ।
यस्तो फल एवं सब्जीको सेवन गर्नुहोस्, जसमा सिट्रिक एसिड अधिक हुन्छ। यसले युरिन इन्फेक्सन गराउने ब्याक्टेरिया नष्ट हुन्छ।
राति एक चम्चा धनियाँ पाउडर एक गिलास पानीमा मिसाएर राख्नुहोस्। बिहान उक्त पानीमा चिनी वा सख्खर मिसाएर पिउनुपर्छ। पिसाब पोल्ने समस्यामा अनारको जुस पनि लाभदायक हुन्छ।
सुकुमेल र बदामलाई मिश्रीसँग पिसेर एक गिलास पानीको साथमा पिउनुपर्छ। चामलको माडमा थोरै चिनी मिसाएर पिउनुपर्छ।
पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड