प्रशस्त खानुस् अंगुर, यस्ता छन् फाइदा
काठमाडौं : अङ्गुर खाँदा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक मानिन्छ। अङ्गुरमा धेरै पौष्टिक तत्त्व पाइन्छन्।
यसमा पाइने भिटामिन, क्यालसियम, पोटासियम, फोसफरस, आइरनसहितका पौष्टिक तत्त्वहरूले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ।
अङ्गुर खाँदा हुने फाइदाहरु यस्ता छन्–
छालाको सौन्दर्य बढाउँछ।
शरीरलाई फूर्तिलो बनाउन मद्दत गर्छ।
अपच र कब्जियतको समस्या हटाउन मद्दत गर्छ।
हृदयघातको जोखिम कम गर्छ।
मधुमेहका कारण आँखामा हुने समस्याबाट बचाउँछ।
दम रोग लाग्नबाट बचाउँछ।
हड्डी बलियो बनाउन सहयोग गर्छ।
अल्जाइमर रोग लाग्नबाट बचाउँछ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड