स्वस्थ महिनावारीका लागि
सामान्यतः तीन दिनसम्म जौ, गहुँ, पोलिस नगरेको चामलको दलिया, रोटी वा भातको प्रयोग दूधसँग गर्ने ।
हरियो साग तथा तरकारी प्रयोग गर्ने, मौसमी फलफूल खाने ।
बढी भार पर्ने काम जस्तै– उफ्रिने, दौडिने, लामो दूरीको यात्रा आदि नगर्ने ।
चर्को ध्वनिबाट जोगिने, चर्को नबोल्ने ।
बढी चिडचिडाहट उत्पन्न भए मधुर संगीत सुन्ने, अनुलोम विलोम, प्राणायाम, ध्यान आदि गर्ने ।
विशेष गरी महिनावारीका बेला आभूषण तथा श्रृंगार प्रयोगमा नल्याउने ।
अमिलो, पिरो तथा चर्को खानपान परहेज गर्ने ।
दाख, चामलको पुवा आदि खाने।
सामान्य आराम गरे पनि लगातार नसुत्ने ।
यी नियम पालना गर्दा पनि महिनावारी भएका महिलालाई धेरै फाइदा मिल्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड