मेवाका अनेक फाइदा
मेवा ‘भिटामिन ए’ को महत्वपूर्ण श्रोत हो । पोषक तत्वले भरिपूर्ण मेवालाई नियमित रुपमा खाँदा स्वास्थ्यलाई लाभ गर्छ । मेवामा भिटामीन ‘ए’ प्रशस्त पाइने हुँदा यसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्छ। गाउँघरमा प्रसस्त पाइने र यसलाई उमार्न र हुर्काउन खासै मेहेनत गर्न नपर्ने मेवाको नियमित सेवर्न गर्ने हो भने धेरै फाइदा लिन सकिन्छ ।
मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ। मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरीरको कोषहरूलाई मर्न दिँदैन, जसले क्यान्सरको सम्भावना कम हुने बताइन्छ ।
मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘ए’ ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा भएको कोलस्ट्रोल नष्ट गर्ने काम गर्ने एक अध्ययनले देखाएको छ ।
तौल बढेर हैरान भएका व्यक्तिहरूका लागि मेवाले तौल घटाउन केही हदसम्म सहयोग गर्छ। यसमा भएको फाइबर तत्त्वले पेट सफा बनाउने भएकाले तौल घटाउन केही हदसम्म मेवाले सहयोग गर्छ।
मेवाको नियमित सेवन गर्नाले पाचन क्रियामा सक्रिय हुने वा यसमा रहेको फाइबर तत्त्वले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्दछ।मेवा खान मात्रै नभएर शरीरमा लगाउन समेत उपयोगी छ । छालाको रंगमा निखारता एवं चमक ल्याउन पनि मेवाको प्रयोग गरेर विभिन्न क्रिम बनाएको पाइन्छ । त्यसैले पाकेको मेवा अनुहारमा लगाउनाले छाला चम्किलो बनाउनुका साथै दाग एवं धब्बाहरु हट्ने पनि बताइन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य