काँक्रोले जाेगाउँछ यस्ता राेगबाट
काँक्रो मानव स्वास्थ्यका लागि निक्कै लाभदायी फल हो। गर्मीमा शीतलता प्रदान गर्नुका साथै यसले सौदर्य समेत प्रदान गर्छ। कम फ्याट र क्यालोरीले भरिपूर्ण काँक्रोले धेरै रोग लाग्नबाट बचाउँछ।
काँक्रोमा भिटामिन ए, बी१ बी ६ सी, डी पोटासियम, फस्फोरस, आइरन आदि प्रचुर मात्रामा पाइन्छ।
आयुर्वेदमा रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा मूत्रलाई सफा बनाउन यसको प्रयोग गरिन्छ। काँक्रोको प्रयोगले पेट र गिजाको दुखाइ कम गर्छ।
यदि मुखमा घाउ आएमा काँक्रोको टुक्रा राखेमा जीवाणु विस्तारै मरेर जान्छ र घाउ निको हुन्छ।
यसमा कोलेस्ट्रोल नभएकाले यसले हृदयघातको रोगीलाई स्वस्थ र लाभकारी बनाइराख्छ।
एक अध्ययनका अनुसार काँक्रोमा स्टेरराला नामक यौगिक रहेको हुन्छ, जसले कोलेस्ट्रोल कम गर्नमा मद्दत गर्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड