यसरी हेरचाह गर्नुस् आँखाको
आँखा मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील भाग हो। त्यसैले आँखाको स्याहार अति छ। खासगरी, जाडो र हावा चल्ने मौसममा आँखा दुख्ने, धमिलो देख्नेजस्ता समस्यालाई सामान्य रूपमा लिनु हुँदैन। आँखामा सामान्य समस्या देखिए पनि त्यसले ठूलो रूप लिन सक्छ।
कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखासम्बन्धी समस्या देखिन सक्छ । अफिसमा कम्प्युटरमा काम गर्नु बाध्यता हुन सक्छ । तर, घरमा त्यस्तो अवस्था नरहन पनि सक्छ। तसर्थ, सकेसम्म घरमा कम्प्युटर, मोबाइलबाट टाढै बस्नु राम्रो हुन्छ।
आँखाका लागि खानेकुरामा पनि ध्यान दिनुपर्छ। खासगरी, पोषण र प्रोटिनयुक्त खानाको नियमित प्रयोग गर्नुपर्छ। हरियो तरकारी, माछा, फलफूल आदिको प्रयोग आवश्यक छ। यस्ता खानाले आँखासम्बन्धी गम्भीर समस्याबाट टाढै राख्छ।
आँखासम्बन्धी कुनै समस्या छैन भन्ने भए पनि वर्षमा एकपटक जाँच गर्नुपर्छ। त्यस्तै, प्रत्येक मिनेटमा तीन–चारपटक आँखा झिम्काउनुपर्छ। यसले तन्दुरुस्त राख्नुका साथै आँखालाई तनावमुक्त गर्न सघाउँछ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै