Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुटुराेग लाग्न नदिन खानपानमा दिनुस् ध्यान

मुटुराेग लाग्न नदिन खानपानमा दिनुस् ध्यान

अस्वस्थ खानपान र जीवनशैलीले मोटोपना, मधुमेह हुने तथा कोलेस्ट्रोल बढ्ने सम्भावना अत्यधिक हुन्छ। यसले मुटुको धमनीमा बोसो जम्ने समस्या निम्तिन्छ। पछि गएर मुटुको धमनी नै शतप्रतिशत बन्द हुनेसमेत हुन्छ।  स्वस्थ मुटुका लागि खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।

के खाने ?
पर्याप्त मात्रामा सागपात, फलफूल खानुपर्छ। यसबाहेक दाल, तरकारीको झोल प्रशस्त पिउनुपर्छ। यी खानेकुराम सकेसम्म कम चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ। बोसोरहित मासु सेवन गर्नुपर्छ। अझ उसिनेर खाए झन् उत्तम हुन्छ ।

के नखाने?
नदेखिने चिल्लो पदार्थका स्रोत जस्तै, नरिवल, काजु, बदाम, ओखरजस्ता फल धेरै सेवन नगर्दा राम्रो हुन्छ। खानामा ठोस खानेकुरा बढी समावेश गर्नुहुँदैन । बजारमा जथाभावी पाइने फास्टफुड र ड्राइफुड खानैहुँदैन। त्यस्तै, सकेसम्म कम नुन खानु राम्राे हुन्छ ।
धूमपान, मद्यपानबाट टाढा रहनुपर्छ । यस्ता पदार्थले रक्तसञ्चारमा समस्या ल्याउनुका साथै हृदयाघात गराउने सम्भावना पनि उच्च हुन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण