एसिडिटी छ?, यस्ताे छ घरेलु उपचार विधि
कुनै समय बढी खाने, भोकै रहने, फास्टफुड र मसलेदार खानाले पनि एसिडिटी बढाउने गर्छ। यस्ता छन् उपचार विधि–
पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ।
एसिडिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन सकिन्छ।
एसिडिटीको समस्याबाट बच्न तुलसीको पाउडर, ज्वानोको झोल र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खान सकिन्छ।
अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ।
पुदिनाको पातलाई उमालेर पिउँदा एसिडिटीको समस्याबाट जोगिन सकिन्छ।
मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ।
एसिडिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सकिन्छ।
एक गिलास मनतातो पानीमा थोरै खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिए पनि एसिडिटीबाट बच्न सकिन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य