गाडीमा यात्रा गर्दा वान्ता हुन्छ? अपनाउनुस् यी घरेलु उपाय
कतिपयलाई गाडीमा यात्रा गर्दा रिंगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ। कतिपय मानिस त गाडीमा यात्रा गरेको एकदुई दिन त बिरामी नै पर्छन्। कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन्।
यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगबाट काम गर्न नसक्दा वान्ता हुने समस्या आउँछ। यसरी यात्रा गर्दा वान्ता हुनुलाई ‘सिकनेस’ अर्थात् यात्राजन्य वान्ता भनिन्छ। यो समस्या हरेक मानिसमा फरकफरक हुन्छ ।
यदि तपाईँ यस्तो पनि यात्राका क्रममा यस्तो समस्या भोगिरनु भएको छ भने केही घरेलु उपाय अपनाउन सक्नुहुन्छ। यसबाट समस्या समाधान गर्न सकिन्छ।
ल्वाङ मुखमा राखेर चुसेर यात्रा गर्दा वान्ता हुँदैन। यस्तै यात्राका वेला कागतीकाे दाना हातमा लिएर सुँघ्ने गर्दा पनि समस्या समाधान हुन्छ। दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ। यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ।
सुपले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ। यात्राका क्रममा मुखमा सुप राखेर चपाइरहँदा वान्ता हुँदैन। यस्तै यात्राका वेला जेठीमधु साथमा राख्नु उपयुक्त हुन्छ। याे मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ। साथै आमाशयको वायुलाई पनि कम गर्छ। यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ।
आँपको पातले वान्ता रोक्ने काम गर्छ। यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बिच बिचमा पिउने गरे वान्ता हुँदैन।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?