दाँत पहेँला छन्? अपनाउनुस् यी उपाय
पहेँलो दाँतकाकारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन्। दाँत पहेँलो बनाउने कैयौँ कारण हुन्छन्। बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोगले पनि दाँत पहेँलाे हुन सक्छ। यस्तो समस्याको समाधान घरमै सजिलैसँग गर्न सकिन्छ।
कागती
दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती महत्त्वपूर्ण वस्तु हो। त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ। केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा हुन्छ।
खाने सोडा
टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ। यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ। बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ। दाँत सफा हुन्छ।
नरिवलको तेल
एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ। साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण