Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दाँत पहेँला छन्? अपनाउनुस् यी उपाय

दाँत पहेँला छन्? अपनाउनुस् यी उपाय

पहेँलो दाँतकाकारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन्। दाँत पहेँलो बनाउने कैयौँ कारण हुन्छन्। बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोगले पनि दाँत पहेँलाे हुन सक्छ। यस्तो समस्याको समाधान  घरमै सजिलैसँग गर्न सकिन्छ।

कागती

दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती महत्त्वपूर्ण वस्तु  हो। त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ।  केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा हुन्छ।

खाने सोडा

टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ। यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ। बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ। दाँत सफा हुन्छ।

नरिवलको तेल

एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ। साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण