यसकारण फाइदाजनक छ कागती
कागतीको रसमा मह मिसाएर सेवन गर्दा रुघाखोकी सञ्चो हुन्छ।
कागती सेवनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मुटुको धड्कन समेत सामान्य राख्न मद्दत गर्छ ।
पेटसम्बन्धी समस्याका लागि कागती अचुक औषधि हो। नियमित कागती पानी पिउँदा कब्जियत र पित्तथैलीको समस्या आदिबाट राहत मिल्छ।
कागतीले शरीरमा भएको अम्लीयपनसँग प्रतिक्रिया गरी क्षार बनाउँछ। शरीरमा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।
शरीरमा हुने चिल्लोपदार्थ नियन्त्रणमा राख्न कागतीले मद्दत गर्छ। रगत र कलेजोमा भएको अनावश्यक कोलेस्ट्रोलको मात्रा घटाउँछ।
कागती पानी पिएमा यसले कलेजो सफा गर्छ। कलेजोका इन्जाइम कमजोर भएमा ऊर्जा दिनुका साथै रगतमा भएका उत्तेजक पदार्थलाई छान्ने काम गर्छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार