Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी जोगाऔँ आँखा 

यसरी जोगाऔँ आँखा 

आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील अंग हो। खासगरी, जाडो र हावा चल्ने मौसममा आँखा दुख्ने, धमिलो देख्नेजस्ता समस्यालाई सामान्य रूपमा लिनु हुँदैन। आँखामा सामान्य समस्या देखिए पनि त्यसले ठूलो रूप लिन सक्छ।

आँखाका लागि सर्वप्रथम खानेकुरामा पनि ध्यान दिनुपर्छ। खासगरी, पोषण र प्रोटिनयुक्त खानाको नियमित प्रयोग गर्नुपर्छ। हरियो तरकारी, माछा, फलफूल आदिको अत्यधिक प्रयोग गर्नुपर्छ। यस्ता खानाले आँखासम्बन्धी गम्भीर समस्याबाट टाढै राख्छ।

कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखासम्बन्धी समस्या देखिन सक्छ। अफिसमा कम्प्युटरमा काम गर्नु बाध्यता हुन सक्छ। तर, घरमा त्यस्तो अवस्था नरहन पनि सक्छ। घरमा सकेसम्म  कम्प्युुटर, मोबाइलबाट टाढै बस्नु राम्रो।

आँखासम्बन्धी कुनै समस्या छैन भन्ने भए पनि वर्षमा एकपटक जाँच गर्न भने आवश्यक हुन्छ। त्यस्तै, प्रत्येक मिनेटमा तीन–चारपटक आँखा झिम्काउनुपर्छ। यसले तन्दुरुस्त राख्नुका साथै आँखालाई तनावमुक्त गर्न सघाउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा